केवल तामाङको निर्देशनमा फिल्म ‘मायाका रंगहरु’ निर्माण हुने, पल शाह अनुबन्धित
काठमाडौं। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म मायाका रंगहरु कलर्स अफ लभको निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन्। यो इन्डो नेपाली सिनेमाको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ।
प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने सिनेमामा सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि सिनेमा भन्ने उदेश्यले निर्माण गरिने यो सिनेमामा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टिमको छ ।
नेपाली र हिन्दीमा छायांकन गरिने सिनेमामा पल शाह बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ । यो सिनेमाले नेपाल र भारतको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई अझै मजबुद बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment