अस्ट्रेलियाले विद्यार्थी भिसामा कडाइ गर्ने, नेपाली विद्यार्थी समस्यामा
काठमाडौं । अष्ट्रेलियाले आफ्नो भिसा र माइग्रेसन नियमलाई कडा बनाएको छ जसले नेपाली विद्यार्थीमा चिन्ता बढाएको छ। अस्ट्रेलियाले सोमबार भनेअनुसार उसले अन्तर्राष्ट्रिय विद्यार्थी र कम दक्ष कामदारहरूका लागि भिसा नियमहरू कडा गर्दैछ । यस कदमको उद्देश्य आगामी दुई वर्षमा अष्ट्रेलिया जाने आप्रवासीको संख्या आधा गर्ने हो।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार नयाँ नीति अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अंग्रेजी परीक्षामा उच्च रेटिंग प्राप्त गर्नुपर्नेछ। यसका साथै लामो समय अष्ट्रेलियामा बस्न चाहने विद्यार्थीले दोस्रो पटक भिसाका लागि आवेदन दिँदा राम्रोसँग छानबिन गरिनेछ ।
अष्ट्रेलियाका गृहमन्त्री क्ले ओ’निलले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो रणनीतिले बढ्दो आप्रवासी संख्यालाई सामान्यमा ल्याउनेछ। तर यो प्रवासी संख्याको बारेमा मात्र होइन, यो अष्ट्रेलियाको भविष्यको बारेमा हो।’
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गत हप्ता भनेका थिए – अस्ट्रेलियाको आप्रवासी संख्या ‘दिगो स्तर’मा फर्काउनु आवश्यक छ।’ बसाइँसराइको सन्दर्भमा एउटा प्रणाली बनेको र अहिले त्यो भत्किएको उनले बताए ।
विदेशमन्त्री ओ’निलले भने – सरकारले विदेशीहरूको संख्या घटाउन केही सुधारहरू गरिसकेको छ, जुन प्रभावकारी छ र यसले आप्रवासीको संख्यामा गिरावट ल्याउनेछ।
सन् २०२२-२३ मा नेट अध्यागमनको सङ्ख्या ५१०,००० पुगेपछि अस्ट्रेलियाले भिसा नियमलाई कडा बनाउने निर्णय गरेको छ। सन् २०२२-२३ मा आप्रवासनमा यो वृद्धि अन्तर्राष्ट्रिय विद्यार्थीका कारण भएको ओ’निलले बताए।
हरेक वर्ष नेपालबाट ठूलो संख्यामा विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गर्छन् । अस्ट्रेलियामा पढ्न जाने विदेशी विद्यार्थीमा चीन र भारतपछि तेस्रो ठूलो संख्या नेपाली विद्यार्थीको हुने गर्छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment