अमेरिकी राष्ट्रपति चुनाव : हेड टु हेड प्रतिस्पर्धामा बाइडेनभन्दा निक्की हेली अगाडि
काठमाडौं । अमेरिकामा अर्को वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा चर्चा बढेको छ । यसपटक धेरै अनुहार राष्ट्रपतिको चुनावी दौडमा छन् । जसमा निक्की हेली रिपब्लिकन पार्टीबाट प्रबल दावेदार मानिन्छिन् ।
यस्तो अवस्थामा वाल स्ट्रिट जर्नलले हालै गरेको सर्वेक्षणले आजको मितिमा राष्ट्रपतिको निर्वाचन भए निक्की हेलीले डेमोक्र्याट नेता बाइडेनलाई ठूलो मतान्तरले हराउन सक्ने देखाएको छ । सर्वेक्षणले सम्भावित रूपमा देखाउँछ कि हेलीले लोकप्रियताको हिसाबले बाइडनलाई पछाडि छोडेकी छिन् ।
सर्वेक्षणका अनुसार साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेली बाइडेनभन्दा १७ अंकले अगाडि छिन् । सर्वेक्षणमा बाइडेनलाई ३४ प्रतिशत र हेलीलाई ५१ प्रतिशत सहभागीको समर्थन प्राप्त भएको थियो ।
यस सर्वेक्षणमा समावेश ३६ प्रतिशत मतदाताले भने – यदि हेलीले आजको चुनावमा बाइडेनसँग कडा भिडन्तको सामना गर्नुपर्यो भने उनीहरूले स्पष्ट रूपमा हेलीलाई समर्थन गर्नेछन् । जबकि २४ प्रतिशतले बाइडेनलाई भोट दिने बताएका छन्। अर्कोतर्फ, यो सर्वेक्षणमा समावेश भएका १५ प्रतिशत मतदाताले कसलाई भोट दिने भन्ने निर्णय गरेका छैनन् ।
हेली र बाइडेनबीच यही भिन्नता कायम रहे र रिपब्लिकन प्राइमरीमा हेली विजयी भएमा उनले एक हिसाबले इतिहास रच्न सक्ने बताइएको छ । यसअघि सन् १९८४ मा रोनाल्ड रेगनले वाल्टर मोन्डेललाई पराजित गर्दा यस्तै अवस्था देखिएको थियो । रेगनले वाल्टरलाई १८ अंकको अग्रताले हराए।
तर, वाल स्ट्रिट जर्नलको सोही सर्वेक्षणले निक्की हेलीले राष्ट्रपति बाइडेनलाई ओझेलमा पारेको देखिए पनि उनी पूर्व राष्ट्रपति ट्रम्पको पछाडि रहेको देखाउँछ । सर्वेक्षणमा ट्रम्प हेलीभन्दा ४० अंकले अगाडि रहेको देखिन्छ । उनले करिब ६० प्रतिशत मतदाताको समर्थन पाएका छन् ।
सर्वेक्षणबाट एउटा अचम्मलाग्दो प्रवृत्ति पनि बाहिर आएको छ कि यदि ट्रम्प आफ्नो विरुद्ध दायर गरिएको कुनै पनि आपराधिक मुद्दामा दोषी ठहरिए पनि त्यस्तो अवस्थामा पनि उनी बाइडेनभन्दा एक अंक मात्र पछाडि हुनेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment