गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

डिसी नेपाल
२ पुष २०८० ६:४६
740
Shares

काठमाडौं। इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ। विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ।

गाजा-इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो दावी स्वतन्त्ररुपमा पुष्टि हुन नसकेको सीएनएनले जनाएको छ।

हमासले इजरायलमा हमला गरेयता १८ हजार ८ सय भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ । मृतकमध्ये ७० प्रतिशत महिला र केटाकेटी रहेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलको लगातारको हमलाका कारण गाजा क्षेत्रमा खाद्यान्‍न र औषधिजस्ता अत्यावश्यक सामग्रीको चरम अभाव रहेको विभिन्‍न सञ्चार माध्यमले जनाएका छन्।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा गरिएको अधिक बमबारीका कारण इजरायलले समर्थन गुमाउँदै गएको टिप्पणी गरेका छन्। युद्धको समयसीमा र लक्ष्य किटान गर्नपनि उनले इजरायललाई चेतावनी दिएको सीएनएनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *