अमेरिकी सरकारसमक्ष भारतलाई ‘विशेष चिन्ताजनक देश’को सूचीमा राख्न सिफारिस

डिसी नेपाल
२ पुष २०८० ११:०४
84
Shares

काठमाडौं । विदेशमा अल्पसंख्यकहरूलाई लक्षित गरिएको विषयमा अमेरिकी धार्मिक स्वतन्त्रता आयोगले भारतमा धार्मिक स्वतन्त्रतामाथि चिन्ता व्यक्त गरेको छ।

यस सम्बन्धमा आयोगले अमेरिकाको बाइडेन प्रशासनलाई अमेरिकी धार्मिक स्वतन्त्रता ऐन अन्तर्गत भारतलाई ‘विशेष चिन्ताको’ सूचीमा राख्न आग्रह गरेको छ।

आयोगका तर्फबाट विदेशमा आबद्ध कामदारका सम्बन्धमा भारत सरकारले हालै गरेको कारबाहीले चिन्ता बढाएको बताइएको छ ।

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोग (यूएससीआईआरएफ) ले विदेशमा रहेका सिख कार्यकर्ताहरूको मामिलामा भारत सरकारको संलग्नता रहेको बताएको छ।

आयोगले भन्यो, “विदेशमा रहेका कार्यकर्ता, पत्रकार, वकिलहरूलाई चुप लगाउने भारत सरकारको प्रयासले धार्मिक स्वतन्त्रतामा गम्भीर खतरा पैदा गरेको छ।”

भारतले यसअघि पनि अमेरिकी आयोगको यस्तो दाबीलाई अस्वीकार गर्दै आएको छ । आयोगले २०२० मा पहिलो पटक यस्तै सिफारिस गर्दा भारतको विदेश मन्त्रालयले यसलाई ‘पक्षपाती’ भनेको थियो। र ‘संवेदनशील कथन’ भन्दै अस्वीकार गरेको थियो ।

तर, चीनसँग प्रतिस्पर्धा गर्ने प्रयासका बीच भारत र अमेरिकाबीच यो संवेदनशील मुद्दा बन्दै गएको देखिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *