शैलेन्द्र ढकालको ‘जब तिमी आयौ’ मा केकी र विमलेश (भिडियो)

डिसी नेपाल
४ पुष २०८० ११:०६
28
Shares

काठमाडौं। रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल ‘जब तिमी आयौ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ।

नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ। मुख्यतः एक जोडीको माता पिता बन्ने दौरानमा आएको उतार चढाव, मानसिक भोगाई, दुःखदायी पल र संघर्ष, अनि सफल कथालाई जीवन्त चित्रण गरिएको छ।

युवा निर्देशक अनुप चापागाईंद्वारा निर्देशित भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *