महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्नेछ : रेशम चौधरी
फाइल फाेटाे।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्ने बताएका छन्। प्रथम महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखिरहेका नेता चौधरीले यस्तो बताएका हुन्।
नेता चौधरी भन्छन्, ‘थरुहट आन्दोलनको जगबाट स्थापित भएको हाम्रो पार्टीलाई क्षेत्रिय पार्टीको रुपमा हेरिने गरिएको छ। तर, हाम्रो सोच, भिजन र एजेण्डा कुनै एउटा भूगोल या जातजातिको मात्रै नभई समग्र देश र देशवासीका तमाम पहिचानको रक्षा गर्दै देशको बिकासमा योगदान पुर्याउनु हो। त्यसैले पार्टीको राजनीतिक प्रतिवेदनले हिमाल, पहाड र तराई सम्पूर्ण देशवासीको साझा पार्टीका रुपमा अघि बढ्न मार्गनिर्देश दिनेछ।’
नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टिकापुरमा हुँदैछ। पार्टी स्थापनाको छोटो समयमै राम्रो मत ल्याउँदै लुम्बिनी, मधेश र सुदुरपश्चिम प्रदेशका उल्लेख्य नागरिकहरुको मन जितेको दलको महाधिवेशन यतिबेला अन्य राजनीतिक दल तथा देशभरका नागरिकहरुले चासोका साथ नियालिरेका छन्।
महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने पार्टीको तयारी छ। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन्। महाधिवेशनमा ७७ वटै जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी गराउने पार्टीको तयारी छ।
पार्टीको महाधिवेशन भव्यरुपमा सफल पार्नका निम्ती विभिन्न समिति तथा उपसमिती बनाएर काम तीब्र पारिएको छ । पार्टीले महाधिवेशनको आन्तरिक तथा व्यवस्थापकीय कामका साथै देशभरबाट प्रतिनिधि छनौट र अतिथिलाई निमन्त्रण दिने कामलाई तीब्रता दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment