राष्ट्रियसभा निर्वाचनः प्रस्तावित उम्मेदवारको नाम पठाउन माओवादीको निर्देशन

डिसी नेपाल
६ पुष २०८० १३:२५
44
Shares

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनकाे मिती नजिकिँएसँगै सत्तारुढ माओवादी केन्द्रले मातहतका निकायलाई उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ ।

सबै जिल्ला, प्रदेश र प्रवास कमिटीहरुलाई केन्द्रीय कार्यालयबाट परिपत्र जारी गर्दै माओवादीले प्रस्तावित उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशित गरेको  हो।

आगामी माघ ११ गते हु्न १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा माओवादीले सत्ता गठबन्धनमा पाँच सिट दाबी गरेको बताइएको छ ।

सत्तारुढ प्रमुख घटक कांग्रेसले ९, एकीकृत समाजवादीले ३, जसपा, नागरिक उन्मुक्ति लगायत सत्तासीन घटकहरुले एक एक सिट दाबी गरे पनि अझै भागबण्डाको टुंगो लागिसकेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *