नेपाल-श्रीलंका सांस्कृतिक सम्बन्ध सुदृढ गराउनुपर्नेमा राष्ट्रपतिकाे जोड
काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शीष्टाचार भेटवार्ता गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शीष्टाचार भेटवार्ता भएको हो।
त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुद र व्यापक बनाउनुपर्नेमा जोड दिए।
सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका संभावना बढाउन आवश्यक रहेको बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment