भीम रावलको प्रश्न- मन्त्री सुदन किरातीका पुर्खा क्रिश्चियन थिए?

डिसी नेपाल
६ पुष २०८० १६:५७
212
Shares

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले नागरिक उडडयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन्।

संस्कृति मन्त्री किरातीले ‘क्रिश्चियन धर्म नमान्ने संबिधान बिरोधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवार अभिब्यक्ति दिए पछि एमाले नेता रावलले प्रश्न गरेका हुन्।

‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न, के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए रु थिएनन् भने के ती देशद्रोही थिए ? किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’, उनले सामाजिक सञ्जालबाट सोधेका छन्, ‘यस्ता प्रश्नको जवाफ चाहियो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *