गाजालाई सहायता बढाउने प्रस्ताव सुरक्षा परिषदबाट पारित, तर युद्धविराममा कुनै सहमति भएन

डिसी नेपाल
७ पुष २०८० १३:०१
24
Shares

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजा पट्टीमा थप सहायता पुर्‍याउन अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ।

तर, इजरायल र हमासबीच तत्काल युद्धविरामको अपिल गर्ने प्रस्तावमा सहमति हुन सकेन ।

सुरक्षा परिषद्को स्थायी सदस्य र इजरायलको प्रमुख सहयोगी अमेरिकालाई भिटोबाट रोक्नको लागि धेरै दिनको वार्तापछि यो मतदान भएको हो।

शुक्रबार पारित भएको यो प्रस्ताव संयुक्त अरब इमिरेट्सले पेश गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजालाई सहायता उपलब्ध गराउन रोक्ने ‘वास्तविक समस्या’ इजरायलको निरन्तर आक्रामक अडान रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले युद्ध जारी रहे गाजामा भोकमरीको खतरा रहेको चेतावनी दिएको छ ।

अक्टोबर ७ को हमलापछि इजरायलले हमासलाई ध्वस्त पार्ने उद्देश्यले गाजामा ठूलो सैन्य कारबाही सुरु गरेको थियो। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीमा भएको यस आक्रमणमा कम्तीमा २० हजार मानिस मारिएका छन् ।

मतदान हुनु केही मिनेट अघि, सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरू मध्ये एक रसियाले तत्काल युद्धविरामको लागि आह्वान गर्दै अघिल्लो मस्यौदामा संशोधन पेश गर्‍यो।

यस मस्यौदाले इजरायललाई गाजा पट्टी खाली गर्न अगाडि बढ्न स्वतन्त्रता दिएको रुसको तर्क थियो। तर, रूसको संशोधन फेल भयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *