राप्रपा नेपालले गर्यो मन्त्री किरातीको पुत्ला दहन, बर्खास्त गर्न माग
भक्तपुर। राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेको छ।
मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै उनीहरुले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्।९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन्।
भक्तपुरको मध्यपुर ठिमीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बिष्णु भट्टराईले मन्त्री किरातीको चर्को विरोध गर्दै तत्काल बर्खास्त गर्नुपर्ने माग गरे।
कार्यक्रम अघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको बाताबरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे।
थापाले बृहत मोर्चाको आबश्यकता औल्याउँदै राष्ट्रबादी देशभक्त र प्रजातन्त्रबादी शक्ति एक ठाउँमा आएर संघीय गणतान्त्रिक भ्रष्ट ब्यबस्थाको अन्त्य आबश्यक भएकोमा जोड दिए । पार्टीले आगामी पौष १६ गते भक्तपुरमा विरोध सभा गर्ने निर्णय गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment