दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

डिसी नेपाल
८ पुष २०८० १८:४७
828
Shares

लमजुङ। दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लमजुङको क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

१४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले दुई जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *