एमाले सांसद कोइरीको निलम्बन फुकुवा

डिसी नेपाल
८ पुष २०८० १९:२७
252
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो।

संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्।

कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो। कर्तव्य ज्यान मुद्दामा गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालत जलेश्वरबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *