लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ

डिसी नेपाल
८ पुष २०८० २२:५३
136
Shares

पोखरा। कास्की प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार राति पोखरा–३२ लामेआहालबाट गाँजासहित एक जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ घर भई लामेआहाल बस्ने २६ वर्षीय डेमन्सबहादुर गुरुङ रहेका छन्। उनको साथबाट साढे २ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

यस्तै, शुक्रबार साँझ पोखरा–२६ सिस्नेरीका २९ वर्षीय राजु भुजेल पक्राउ परेका थिए। उनको साथबाट डाइजापाम, फेनरागन र नुर्फिन १२र१२ एम्पुल बरामद भएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर लागूऔषध मुद्दामा अनुसन्धान बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *