संस्कति मन्त्री किराँतीको राजीनामा माग्दै आज संसद भवन घेराउ गरिने
काठमाडौं। नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराउ गरिने भएको छ। मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराउ गर्न लागेका हुन्।
‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल नारासहित संसद भवन घेराउ गर्न लागिएको नेपाल सनातन धर्म-संस्कृति संगठनका संयोजक पुष्पराज पुरुषले जानकारी दिए।
उनका अनुसार सनातन संस्कृतिको खुलेआम बिरोध गर्दै अमुक पन्थको प्रबक्ता बनी प्रचार गरे पछि मन्त्री किराँतीलाई मन्त्रिपरिषद पदबाट बर्खास्त गराउन संसद भवन घेराउ गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो।
मन्त्री किराँतीले केही दिन अघि ‘क्रिश्चियन धर्म नमान्ने संविधान बिरोधी हुन, संविधानको बिरोध गर्नेलाई जेल हाल्ने’ जस्ता गैर जिम्मेबार अभिब्यक्ति दिएका थिए। जसको अहिले चौतर्फी बिरोध भईरहेको छ । मुख्य गरी सनातन हिन्दु धर्मालम्बीहरुले उनको चर्को आलोचना गर्दै निरन्तर राजिनामाको माग गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment