मन्त्री किरातीको बर्खास्तीको माग गर्दै राप्रपा नेपालले गर्‍याे देशब्यापी पुत्ला दहन

डिसी नेपाल
९ पुष २०८० १०:१२
104
Shares

काठमाडौं । राप्रपा नेपालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातिको बर्खास्तीको माग गर्दै देशब्यापी पुत्ला दहन गरेको छ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन्। मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरुले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

पार्टीले मन्त्री किरातीको अभिब्यक्तिको बिरोधमा जिल्ला सदरमुकामहरुमा राँके जुलुससहित पुत्ला दहन गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। भक्तपुरको मध्यपुर ठिमीमा अध्यक्ष कमल थापाको नेतृत्वमा पुत्ला दहन गरिएको थियो।

पर्सामा वरिष्ठ उपाध्यक्ष राजिब पराजुली ,ललितपुरमा महामन्त्री भाष्कर भद्रा, पोखरामा महामन्त्री कृष्ण कार्की, कंचनपुरमा सहायक महामन्त्री शेर बहादुर चन्द , बारामा सहायक महामन्त्री आनन्द साह लगायतको नेतृत्वमा कार्यक्रम भएको पार्टीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *