मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
९ पुष २०८० १६:१५
20
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो ।

सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमबार काठमाडौंमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले संसद् भवन घेराउ गर्दै  मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले गौशालाबाट बानेश्वरसम्म शंख बजाउँदै विरोध ¥याली गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.