शान्ति प्रक्रिया आम सहमतिबाटै पूरा गर्ने विश्वास छ : प्रधानमन्त्री दाहाल

डिसी नेपाल
१० पुष २०८० २१:५४
16
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम आम सहमतिमै पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, “नेपालको शान्ति प्रक्रिया संसारकै लागि अनुपम र उदाहरणीय छ । अन्तर्राष्ट्रिय मञ्चमा त्यो स्वीकारोक्ति देखिन्छ पनि । तर, त्यो प्रक्रियाका केही काम टुङ्ग्याउन बाँकी छ । अब आमसहमति मै शान्ति प्रक्रियाका बाँकी काम सक्न म कृत सङ्कल्पित छु ।”

नेपालको संविधान, सर्वोच्च अदालतको फैसला, बृहत शान्ति सम्झौता, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य–मान्यता तथा पीडितको सरोकारलाई केन्द्रमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा छलफलको क्रममा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “यसलाई सार्वभौम संसद्बाट आमसहमतिमै अगाडि बढाउन सकिन्छ भन्ने विश्वास छ । यसबीचमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा विभिन्न आन्दोलनका घाइते तथा अपाङ्गलाई सम्मानपत्रका साथै निःशुल्क उपचार, रोजगारी र जीविकोपार्जनको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ । साथै, जनआन्दोलन र जनयुद्धका क्रममा जीवन उत्सर्ग गर्ने आठ हजार चार सय ७१ सहिदको नामावली नेपाल राजपत्रमा प्रकाशन गरेर सम्मान प्रदान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.