बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी
काठमाडौं। चार कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोेर्चाको बैठक बसिरहेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन्।
बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी छन्। सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन मोर्चाको बैठक बसेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment