कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा

डिसी नेपाल
१२ पुष २०८० ८:४०
56
Shares

काठमाडाैं। सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।

आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीले गरेका काममाथि समिक्षा, राष्ट्रियसभाको चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ।

प्रचण्ड नेतृत्व सरकारमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट नौ जना मन्त्री सरकारमा सामेल रहेका छन्।

मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएपछि आजको बैठकमा मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *