नेपाली सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस

डिसी नेपाल
१२ पुष २०८० १२:२९
860
Shares

काठमाडौं। नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस गरेको छ ।

रथी सिताराम खड्काले ३ पुसमा अवकास पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना बुधवार प्रकाशित भएको जानकारी दिए । उनले बढुवा समितिले थापाको नाम रक्षा मन्त्रालयमा सिफारिस गरेकाे जानकारी सार्वजनिक सूचनामार्फत गराएकाे बताए।

सेनामा दुई रथीको दरबन्दी रहेको छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासँगै उनी भावी प्रधानसेनापतिको लाइनमा बसिसकेका छन्।

उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन्।  थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको भन्दै प्रश्न उठे पछि उनको बढुवाको लागि सात दिने सूचना प्रकाशित भएको हो।

थापा रथीमा बढुवा भए फोर्स कमाण्डरका रुपमा मिसनमै रहनेछन् । उनी तीन वर्षका लागि फोर्स कमाण्डर नियुक्त भएका थिए।

यो पनि पढ्नुस्

नेपाली सेनाका जर्नेल थापा राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *