‘हाम्रो जे भने नि तिमी’मा राजेश हमालको अभिनय(भिडियो)
काठमाडौं। अभिनेता राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। डा. रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ।
विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोले आफ्ना सन्तानलाई सबथोक ठान्ने बाबुको धेरै भन्दा धेरै मायालाई दर्शाएको छ। एउटा परिवारमा बाबुको माया नै माया पाएर हुर्किएका दुई नाबालको प्रेम र रमाइलोलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन्।
भिडियोमा अभिनेता हमालको अलावा गायक गायिका सुप्रिम मल्ल ठकुरी र ज्यास्परको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा लामो समय काम गरेका गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा काम गरिसकेका विज्ञ हुन् । उनले यसअघि जिउने चाहना बोलको गजल बजारमा ल्याएका थिए।
भिडियोः
No ads found for this position


डिसी नेपाल
Facebook Comment