कांग्रेस केन्द्रीय समिति बैठक : मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने सुझाव

डिसी नेपाल
१२ पुष २०८० १८:००
12
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने नयाँलाई अवसर दिनुपर्ने लगाएतका सुझाव आएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

पार्टीले न्याय गर्नुपर्ने, पार्टीका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, फरक नीतिहरु महासमितिले पारित गर्नुपर्ने लगाएतका सुझाव आएको उनले बताए ।

त्यस्तै सोमबार प्रज्ञा भवनमा मनाइने राष्ट्रिय मेलमिलाप दिवसलाई प्रभावकारी रुपमा मनाउनुपर्ने र अन्य दलहरुलाई समावेश गराउनुपर्ने सुझाव समेत आएको विश्वकर्माले जानकारी दिए ।

बैठकमा पार्टी सांगठानीक विषय, महासमिति बैठकको तयारी, मेलमिलाप दिवस, राष्ट्रियसभा निर्वाचन, समूदायमा कांग्रेस, सरकारका रहेका मन्त्रीहरुको काम लगाएतका बिषयमा छलफल भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.