तीनवटा संसदीय समिति बैठक बस्दै

डिसी नेपाल
१३ पुष २०८० ९:५३
32
Shares

काठमाडौं। संघीय संसद सुचारु नभए पनि सो अन्तर्गतका संसदीय समितिको बैठक भने निरन्तर चलिरहेका छन्। ‘मिनि संसद’ मानिएका संसदीय समितिहरु मध्ये आज पनि तीन वटा समितिको बैठक बस्ने भएको छ।

संघीय संसद सचिवालयका अनुसार कृषि, शिक्षा र प्रत्योजन समिति गरी तीन समितिकाे बैठक बस्न लागेका हुन्। आज बिहानः ११ः३० बजे बोलाईएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बोलाईएको छ।

सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल गर्नका लागि सो समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *