मन्त्री प्रकाश ज्वाला सवार गाडीमा युवाहरुले आगो लगाए

डिसी नेपाल
१३ पुष २०८० १३:१८
1.3k
Shares

काठमाडौं। दक्षिण कोरियामा रोजगारीका लागि जान ईपीएस परीक्षामा सहभागीत हुन नपाएपछि आज असन्तुष्ट युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका छन्।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनालाई मात्रै परीक्षामा सहभागीताका लागि छनोट गरेपछि असन्तुष्ट युवाहरुको समूहले मन्त्री सवार गाडी ललितपुरको बालकुमारीमा राेकेर ज्वालालाई बाहिर निकालेर आगो लगाइदिएका हुन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी रहेका छन्।

युवाहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *