अब राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि होला जस्तो भयो : राप्रपा प्रवक्ता

डिसी नेपाल
१४ पुष २०८० ९:३४
56
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि हुने अवस्था आएको बताएका छन्।

शुक्रबारको बालकुमारी घटनालाई लिएर प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले तिन दिनअघि आफ्नो एक वर्षे कार्यकालमा सम्बोधन गरेको जनाउँदै कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेपनि बालकुमारी घटनाले प्रधानमन्त्रीको कार्यशैलीमा थप प्रश्न उठाएको बताए।

उनले सामाजिक सञ्जालमा भनेका छन् :

प्रधानमन्त्रीले तिन दिनअघि आफ्नो एक वर्षे ‘असफल’ कार्यकालको फेहरिस्त सुनाउने क्रममा अब कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। आज बालकुमारी घटनापछि प्रधानमन्त्री कुन कार्यशैलीमा जाँदै हुनुहुन्छ भन्ने प्रष्ट भएको छ।

सम्भवतः यो शुरुआत मात्रै होला आगामी दिनमा यस्ता घटनाहरु कति भोग्नुपर्ने हो, कति सुन्नुपर्ने हो ! अब राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि होला जस्तो भयो !

राज्यद्वारा हत्या गरिएका दुई यूवाप्रति हार्दिक श्रद्धान्जलि ।
अरु यूवाका सपना यसरी नमरुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *