इरानले मोसादका लागि जासुसी गरेको आरोपमा ४ जनालाई फाँसी दियो

डिसी नेपाल
१४ पुष २०८० १३:५८
44
Shares

काठमाडौं । इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा इरानले शुक्रबार चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसभन्दा दुई साताअघि इरानले अन्य एक व्यक्तिलाई पनि यही आरोपमा फाँसी दिएको थियो ।

इरानको उत्तरपश्चिमी प्रान्त वेस्ट अजरबैजानको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुसार “जियोनिस्ट सरकारसँग सम्बन्धित जासुसी समूहका चार जनालाई आज बिहान फाँसी दिइएको छ।”

तीमध्ये तीन पुरुष वाफा हानारेह, अराम ओमारी र हामान परहाजो र नसीम नमाजी नामकी एक महिला छन्।

उनीहरूलाई ‘पृथ्वीमा भ्रष्टाचार फैलाउन सियोनिस्ट सरकारसँग मिलेर खुदाविरुद्ध युद्ध गरेको’ अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

मिजानका अनुसार, ‘इजरायलको जासुसी एजेन्सी मोसादको निर्देशनमा यो समूहले देशको सुरक्षाविरुद्ध कारबाही गरेको हो।’

इरानले इजरायललाई मान्यता दिँदैन र दुई देशबीच वर्षौंदेखि अप्रत्यक्ष युद्ध चलिरहेको छ। गाजा युद्धका कारण इजरायलप्रति इरानको अडान झनै कठोर भएको छ ।

इजरायलले इरानले गाजा स्ट्रिपमा हमास, लेबनानमा हिजबुल्लाह र यमनमा नसरल्लाहको इस्लामिक चरमपन्थी समूहलाई सञ्चालन र समर्थन गरेको आरोप लगाउँदै आएको छ।

डिसेम्बर १६ मा दक्षिणपूर्वी प्रान्त सिस्तान बलुचिस्तानमा मोसादका लागि काम गरेको आरोपमा अर्को व्यक्तिलाई फाँसी दिइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *