डोङ जुनलाई नयाँ रक्षामन्त्री बनाउने चीनको घोषणा

डिसी नेपाल
१४ पुष २०८० १४:५०
44
Shares

काठमाडौं । ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको करिब दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीको रूपमा घोषणा गरेको छ।

चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको शुक्रबार बेइजिङमा भएको बैठकमा चीनका शीर्ष विधायकले डोङ जुनको नियुक्तिको घोषणा गरेका हुन् ।

६२ वर्षीय डोङ जुन पूर्व नौसेना कमाण्डर हुन्। उनलाई अगस्ट २०२१ मा नौसेनाको कमाण्डर बनाइएको थियो।

डोङ जुनले चिनियाँ सेनाको दक्षिणी थिएटर कमाण्डको उप-कमाण्डरको रूपमा काम गरेका छन्। उनको काम दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रमा पनि भएको छ।

यस वर्षको सुरुमा देशका धेरै उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि चीनले यो कदम उठाएको हो।

यस वर्ष रक्षामन्त्रीको पदबाट ली साङफु बाहेक किन गाङलाई पनि विदेशमन्त्रीको पदबाट हटाइयो।

यी दुईलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । दुवै सात महिना मात्र आफ्नो पदमा रहे।

यो साता पनि केही अधिकृतलाई बर्खास्त गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सले चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वालाई उद्धृत गर्दै शुक्रबार स्थायी समितिबाट नौ वरिष्ठ सैन्य अधिकारीलाई हटाएको जनाएको छ।

राज्य मिडियाका अनुसार राज्यको स्वामित्वमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा कम्पनीका तीन जना अधिकारीहरूलाई पनि यस हप्ताको सुरुमा चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायबाट हटाइयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *