गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाको प्रदर्शन (तस्वीरहरु)

डिसी नेपाल
१४ पुष २०८० १६:५१
276
Shares

काठमाडौं। बालकुमारी घटनाका बिषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ।

शनिबार ललितपुरको बालकुमारी स्थीत ईपीएस कार्यलय अगाडी प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोसीमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदा हुँदैपनि युवाहरुले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताइन्।

उनले दुई युवाहरुको हत्या घटनाको रास्वापाले घोर भत्र्सना गरेको उल्लेख गरिन्। उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन्।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ , नालायक सरकार राजीनामा दे, मृतकलाई सहीद घोषणा गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.