हामीले एउटा धर्म मान्दै गर्दा अर्को धर्मको अपमान गर्नु हुँदैनः मन्त्री गुरुङ
तनहुँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै जातजाति र धर्मको सम्मान गर्नुपर्ने बताएका छन्। तमु ल्होसारको अवसरमा तमु ह्युल छोज धिं तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएकाले सबैको उत्तिकै सम्मान हुनुपर्ने बताए।
एउटा धर्म र एउटा जातिले अर्को धर्म र जातिलाई सम्मान र आदर गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो। उनले भने, “हामीले एउटा धर्म मान्दै गर्दा अर्को धर्मको अपमान गर्नुहुँदैन । अरु जातिलाई होच्याउन हुँदैन ।” मन्त्री गुरुङले विविधता नेपालको गहना र सम्पत्ति भएको उल्लेख गरे।
मन्त्री गुरुङले हरेक जातिले आफ्नो भाषाको परिस्कृत गर्नुपर्नेमा जोड दिए। उनले भने, “नेपालको हरेक आन्दोलनमा गुरुङलगायत सबै जातजातिको महत्त्वपूर्ण भूमिका छ । सबै जातजातिबीच एकता हुनुपर्छ।”
मन्त्री गुरुङले मिहिनेत नगर्ने तर नेपालको उच्च पदमा गुरुङको प्रतिनिधित्व भएन भनेर मात्रै गुनासो नगर्न आग्रह गरे। उनले भने, “मिहिनेत गरेमा गुरुङ पनि नेपालको राजनीति र कर्मचारीतन्त्रको उच्च ठाउँमा पुग्न सक्छन्।”
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य सरिता गुरुङले सबै जातजातिले समान हक अधिकार पाउने संविधानमा उल्लेख भएपनि कार्यान्वयन नभएको गुनासो गरे। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संस्कृति बचाउने अभियानमा गुरुङको सहयोग रहँदै आएको बताए।
नेपाल आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष सुजित हिराचनले गुरुङ समुदायले देशका लागि पु¥याएको योगदान उदाहरणीय रहेको बताए।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गुरुङ जाति कला र संस्कृतिमा धनी रहेको चर्चा गरे।







डिसी नेपाल








Facebook Comment