फिनल्यान्ड र स्विडेनमा चिसोले तापक्रम माइनस ४० डिग्रीभन्दा तल
A man climbs out from the icy sea to the pier, in southern Helsinki, Finland, Tuesday, Jan. 2, 2024. Finland and Sweden have recorded this winter’s cold records on Tuesday as a temperatures plummeted to over minus 40 degrees as a result of a cold spell prevailing in the Nordic region. (Vesa Moilanen/Lehtikuva via AP)
एजेन्सी। फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ। थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ।
चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ। नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ। स्विडेनका रेल अपरेटरहरूले चिसोका कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन्।
स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने एउटा सानो गाउँ निक्कालुओक्टामा मङ्गलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१ दशमलव छ डिग्री सेल्सियस तल पुगेको छ। एसभिटीका मौसमविद् निल्स होल्मक्विस्टले भने, “यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ।”
स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ। साथै उसले दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ। संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागू हुन्छ।
छिमेकी फिनल्यान्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी सहर यलिभिस्कामा गरिएको छ। त्यहाँ मंगलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७ दशमलव आठ डिग्री सेल्सियससम्म तल झरेको थियो। पूर्वानुमानकर्ताहरूले पूरै साता केही स्थानमा तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन्।
फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बीचसम्म तल झर्ने अपेक्षा गरिएको थियो।
दक्षिणी नर्वेको अरेन्डल सहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने अधिकारीहरूले बताएका छन्।
डेनिस अधिकारीहरूका अनुसार पूरै क्षेत्रमा कयौँ डुंगा कम्पनीहरूले दक्षिणी नर्वेदेखि डेनमार्कसम्मको क्रसिङसहितका केही क्रसिङलाई रद्द गरिएको छ। तीव्र हावाका कारण एउटा मुख्य पुललाई हलुका ट्रेलर भएका सवारीका लागि बन्द गरिएको थियो।







डिसी नेपाल







Facebook Comment