गाउँमा बस्ने सबै मानिसलाई बिर्सने रोग, सबै मानिसहरू पैसाबिना बाँच्छन्

डिसी नेपाल
१८ पुष २०८० १६:२२
608
Shares

काठमाडौं । संसारमा धेरै गाउँ र सहरहरू यस्ता छन् जहाँ संसारको अन्य भागहरू भन्दा फरक र अद्वितीय विशेषता छ। त्यस्तै, दक्षिण-पश्चिम फ्रान्समा एक अद्वितीय गाउँ छ। अद्वितीय किनभने यहाँ बस्ने हरेक व्यक्ति बिर्सने रोगबाट पीडित छन्।

यस ल्यान्डाईस गाउँका सबैभन्दा जेठो व्यक्ति १०२ वर्षका छन् भने कान्छी व्यक्ति ४० वर्षकी छिन्। गाउँको मुख्य चोकमा एउटा सामान्य पसल छ जहाँ सबै आवश्यक चीजहरू उपलब्ध छन् तर सामानको लागि पैसा लाग्दैन । त्यसैले कसैले आफ्नो पर्स बोक्न सम्झनु पर्दैन। साथै नि: शुल्क पसल र रेस्टुरेन्टहरू पनि छन् । गाउँलेहरूलाई थिएटर भ्रमण गर्न र अन्य गतिविधिहरूमा भाग लिन प्रोत्साहित गरिन्छ।

ल्यान्डाईस गाउँ एक प्रकारको प्रयोग हो । अर्थात् अल्जाइमर रोग लागेका मानिसहरूमा सबै कुरा सम्झने तनाव हटाउँदा यो रोग निको हुन्छ कि हुँदैन भन्ने प्रयोग गर्न यो गाउँ स्थापना गरिएको हो ।

यो प्रयोग बोर्डो विश्वविद्यालयका अन्वेषकहरूको टोलीद्वारा गरिएको छ र यसको नेतृत्व प्रोफेसर हेलेन अमिवाले गरेकी छिन्। उनी प्रत्येक छ महिनामा गाउँमा पुगेर बासिन्दाहरूसँग अन्तरक्रिया र रोगको प्रगतिको अनुगमन गर्छिन्।

प्रोफेसर अमिवा भन्छिन् ‘यी मानिसहरूका परिवारहरू आफ्ना मानिसहरू सुरक्षित छन् र कुनै तनाव बिना बाँचिरहेका छन् भन्ने थाहा पाउँदा खुसी छन्।’ यी सबैका कारण यहाँका मानिसको रोगमा सुधार आएको उनले बताइन् । यस गाउँमा करिब १२० जना मानिस बस्छन् र त्यति नै संख्यामा स्वास्थ्यकर्मी पनि यहाँ बस्छन्।

यस गाउँका एन निवासीकी छोरी डोमिनिकले भनिन्, “मलाई मनमा शान्ति छ, किनकि मलाई थाहा छ मेरी आमा यहाँ शान्तिमा हुनुहुन्छ र उहाँ सुरक्षित हुनुहुन्छ। उहाँलाई यहाँ छाडेर मलाई राहत मिलेको छ । जब म जान्छु, मलाई आमासँग घरमा छु जस्तो लाग्छ।”

यस गाउँका बासिन्दाका परिवारहरूले वार्षिक २४ हजार ३ सय पाउण्ड शुल्क तिर्नुपर्छ। तर, क्षेत्रीय फ्रान्सेली सरकारले १७ मिलियन पाउण्डको लगानीमा यो गाउँ स्थापना गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *