चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

डिसी नेपाल
२१ पुष २०८० ८:११
52
Shares

मन्थली (रामेछाप)। रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ मा स्थानीयवासीले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्।

विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा संकलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए। विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो।

“विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन्, अहिले पोसाकमा एकरुपता आएको छ”, उनले भने। प्रध्यानाध्यापक महतले रु पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एक-एक थान ऊनीको टोपी उपलब्ध गराएका छन्।
सो असरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उहाहरुको सामाजिक कार्यप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *