म्याग्दीमा ७० वर्षीया वृद्धाको हत्या, दुई जना गम्भीर घाइते

डिसी नेपाल
२१ पुष २०८० १६:२१
260
Shares

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुंगाको छपनी प्रहार गरेर एक वृद्धाको हत्या भएको छ। दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन्।

छप्पनी प्रहार गरेर मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

७ वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन्। प्रियंका मनिषाकी नातिनी र अमृता छिमेकी हुन्। मनिषालाई छप्पनी प्रहार भएको देखेर बचाउन गएपछि उनीहरूलाई घाइते बनाइएको हो।

घाइते दुई जनालाई दरवाङबाट हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ।

प्रियंकाको अवस्था गम्भीर रहेको छ। एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *