जागिर लगाइदिने प्रलोभनमा पारेर ठगी गरेकाे आरोपमा एक जना पक्राउ
काठमाडौं। नेटवर्किङमार्फत जागिर लगाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्।
उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए। रकम लिएपछि कार्यलय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए।
उनले सामाजिक सञ्जालमार्फत कामदारको माग गर्दै विज्ञापन गरेर काठमाडौं महानगरपालिका-७ चावहिल, गंगाहिटी, काठमाडौंको महाराजगंज लगायतका विभिन्न स्थानमा भिजन ड्रिमरी प्रालि सञ्चालन गरेका थिए।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-५ चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment