सिन्धुलीमा ढिस्कोमा पुरिएर एक वृद्धको मृत्यु

डिसी नेपाल
२२ पुष २०८० २३:२८
24
Shares

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको ज्यान गएको छ। बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका-५ रजे गाउँका ७४ वर्षीय मन बहादुर बुढाथोकीको ज्यान गएको हो।

शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर आफ्नै बारीमा उनले लगाएको चप्पल भेटिएको थियो।

बारी माथिबाट हेर्दा ढिस्को झरेको देखिएको र ढिस्कोको माटो पन्छाएर हेर्दा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए। प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *