काठमाडौंबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ

डिसी नेपाल
२३ पुष २०८० १९:२६
132
Shares

काठमाडौं । प्रहरीले ४७ किलो चाँदीसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमाविभिन्न ठाउँमा छापा हानेको थियो। त्यसक्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *