पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने न्यौपाने पक्राउ
काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छन्।
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन्। उनलाई आज सोमबार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ।
यस्तै माल्टा पठाइदिन्छु भन्दै आठ लाख ९० हजार रुपैयाँ ठग्ने झापाको बिर्तामोडका विक्रम दाहाल पनि पक्राउ परेका छन्। उनले माल्टामा मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ र त्यसका लागि नौ लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment