गायक प्रमोद खरेल र रोजिना बस्नेतको ‘तिम्रो साथ बिना’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं। चर्चित गायक प्रमोद खरेल र रोजिना बस्नेतको ‘तिम्रो साथ बिना’ बोलको गीत सार्वजनिक भएको छ।
द भ्वाइस अफ नेपालको टप ११ बाट बाहिरिए पनि प्रमोद खरेलले लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा बस्नेतलाई उक्त अवसर प्रदान गरेका हुन्।
यस गीतलाई छोटो समयमा पनि दर्शकहरुले अत्याधिक हेरेर युट्युबको ट्रेन्डिङमा परेको छ। अभिनाश पासवानको एरेन्ज नरेश बिबिसिको मिक्स मास्टरिङ रहेको गीतलाई रोशन बिश्वकर्माले कोरियोग्राफी गरेका हुन्।
यस गीतमा बुद्द थापाको छायांकन रहेको छ भने अर्जुन तिवारीले निर्देसन गरेका छन्। दिपा सिटौलाको निर्माण रहेको गीतलाई प्रमोद खरेल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment