निर्दोष भन्दै ४६ बर्ष पछि जेलमुक्त भएका अमेरिकन अश्वेतलाई २५ मिलियन डलर क्षतिपूर्ति
न्युयोर्क। आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन्।
अमेरिकाको इतिहासमा नै अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो क्षतिपूर्ति पाउन लागेको ड्युक ल स्कूलले जनाएको छ।
रोनी लङ, जो अश्वेत समुदायका हुन्, उनलाई ५४ वर्षीया एक गोरी महिलालाई बलात्कार गरेको आरोप लगाइएको थियो। सन १९७६ मा सबै गोरा निर्णायकहरूले उनलाई बलात्कार र चोरीको दोषी ठहराएका थिए।
तर, ४६ बर्ष जेल बसे पछि उनी निर्दोष भएको प्रमाणित भएको थियो, जुन समाचार बाहिरिए पछि विश्वभरी अमेरिक न्यायको आलोचना भएको थियो।
लामो अनुसन्धान पछि सन २०२० मा उनी निर्दोष भएको भन्दै जेलसजायँ मुक्त गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment