फागुनमा विधान सम्मेलन गर्ने माओवादीको निर्णय
काठमाडौं। सत्तारुढ नेकपा(माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकले फागुनमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। विधान सम्मेलनका लागि देशभरबाट प्रतिनिधि छनोट गरिने उनले बताए।
शनिवारको बैठकले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा संयोजन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment