११ दिनमै कुवेतले किन गर्‍यो १४ सय विदेशीलाई देश निकाला ?

डिसी नेपाल
१ माघ २०८० ७:११
148
Shares

काठमाडौं। कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ। कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लंघनकर्तालाई देश निकाला गरेको जनाएको छ।

कुवेतले कानुन उल्लंघन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो। आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लंघन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ।

जारी र भविष्यका सुरक्षा अभियानहरूमा जोड दिँदै स्रोतलयी प्रयासहरूलाई सबै क्षेत्रहरूमा कायम राख्न र विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको एवं रेसिडेन्सी र रोजगार कानुन उल्लंघन गर्नेहरूको ठूलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाएको छ।

रेसिडेन्सी मामिला अनुसन्धान विभागले विगत १० दिनमा मात्रै विभिन्न क्षेत्रमा लक्षित सुरक्षा अभियानमार्फत रेसिडेन्सी तथा लुज लेबर ऐन, उल्लंघन गर्ने करिब ७ सयलाई पक्राउ गर्न सफल भएको स्रोतले जनाएको छ।

त्यहाँको गृह मन्त्रालयले नयाँ वर्षमा ४० हजारभन्दा बढी उल्लंघन गर्नेहरूको संख्यालाई रोक्न निर्देशन जारी गरेको जनाएको छ । अघिल्लो वर्ष सन् २०२३ मा कानुन उल्लंघन गर्ने ४२ हजार ८ सय ५० लाई देश निकाला गरेको थियो । यस संख्या देशबाट श्रम कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गर्ने र देश निकाला गर्नेमा रेकर्ड नै कायम गरेको छ ।

कुवेतले विभिन्न समयमा गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिमाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समयसीमाभित्र पनि नफर्किएकाहरूविरुद्ध कडा कदम चाल्दै गिरफ्तार कार्य जारी राख्ने जनाएको छ ।

पछिल्लो समय कुवेतमा लागूऔषध दुव्र्यसन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका नेपालीहरूलाई जेलमा राखिएको र जेल सजाय सकिएपछि देश निकाला गरिँदै आएको बताइएको छ ।

विभिन्न पेसा गरी कुवेतमा करिब १ लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *