खेलकुद क्षेत्रको बिकासका सरकारले आवश्यक प्रयत्नन गर्छ : रक्षामन्त्री खड्का

डिसी नेपाल
३ माघ २०८० १४:३९
24
Shares

काठमाडाैं। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको बिकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका छन्।

बुधबार ललितपुरमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता उद्घाटन गर्दै खड्काले पूर्णरुपमा आफ्नो जीवन खेलमा समर्पण गर्ने खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको बिकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका छन्।

उनले खेल क्षेत्रकालागि थप लगानी गर्दै भौतिक पूर्वाधारहरुलाई पनि अघि बढाउनुपर्ने धारणा राखे। बिगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै खेलाडीहरुको उत्साहलाई राज्यले सन्तोषजनक रुपमा बुझ्न नसकेको उनले बताए।

उनले अन्तर्राष्ट्रिय स्तरका क्रिकेट, फुटबल लगाएत इन्डोर खेलका लागि पूर्वाधार बनाउन पनि सरकार प्रतिवद्ध भएर लाग्ने दाबी गरे।

ललितपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगीता अन्तर्गत बिभिन्न विधाका खेलहरु हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.