सरकारले देशको सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गर्‍यो : शंकर पोखरेल

डिसी नेपाल
४ माघ २०८० १८:०७
8
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको गतिविधिको कारण देशको सार्वभौमसत्ता खुम्चिएको बताएका छन्।

बिहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारको कारण देशको सार्वभौमसत्ता र स्वाधीनता जोखिममा परेको बताए। ‘प्रचण्ड नेतृत्व सरकारले देशको सार्वभौमिकता, सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गरेको छ’, उनले भने।

देशभक्तिको सवालमा, राष्ट्रियताको सवालमा नेकपा एमालेले जत्तिको कसैले पनि काम गर्न नसकेको पोखरेलले बताए। एमाले सरकारबाट हटेसँगै यी सबै कुरा ओरालो लागेको पोखरेलको भनाइ छ।

एमाले सरकारमा रहेको बेला विकास र समृद्धिका अनेक आयोजना सुरु गरेको पोखरेलले बताए। तर, अहिले ती सबै योजनाको काम ठप्प भएको पोखरेलले उदाहरण दिए। आफूले मौका पाएको बेला यति धेरै काम गरेको पार्टी नेकपा एमाले आज चौतर्फी घेराबन्दीमा परेको उनले बताए।

पोखरेलले आज उत्पन्न भएका समस्या आजकै परिस्थितिमा समाधान गर्न नसकिने बताए। नयाँ सम्भावनाको जगमा टेकेर समाधान खोज्यो भने मात्र समस्याको समाधान निस्कने पोखरेलले प्रष्ट पारे। समस्या समाधानको लागि नयाँ विकल्प खोज्न आवश्यक रहेको पोखरेलको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.