कैलालीमा पाटे बाघ मृत फेला
धनगढी। कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ।
जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो।
बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको पासोमा परेर बाघको मरेको हुन सक्ने वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताए। घटनास्थलमा छानबिनका लागि वनको टोली पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment