बँदेलको आक्रमणबाट बैतडीमा दुई जना घाइते
बैतडी। बैतडीको मेलौली नगरपालिका–२ सलेनामा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडाको घाङलका मने दयालकी ९ वषीया छोरी करिस्मा दयाल रहेकी छन्।
आइतबार ३ बजेतिर घरमै बसिरहेका जोशीमाथि बदेलले आक्रमण गरी घाइते बनाएको हो। ९ वर्षीया बालिकालाई पनि साँझ ५ बजेतिर घर नजिकै घाइते बनाएको स्थानीयले बताएका छन्।
बालिकाको टाउकोमा गम्भीर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भीर चोट लागेको छ। घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ।
यही पुष ११ गते पनि सोही वडाका रामबहादुर चन्खदलाई पनि बँदेलको बथानले आक्रमण गरी घाइते बनाएको थियो। दिनदाहाडै बदेलले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment