अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

डिसी नेपाल
७ माघ २०८० २१:२०
1.2k
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।सिंहसहित ६ जना विरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको हो।

०६५ फागुन २६ गते कालीकोटका राजबहादुर मल्लको  हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.