राष्ट्रियसभा निर्वाचन : आजदेखि प्रचार-प्रसार गर्न रोक
काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ।
निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् सोमबारराति १२ बजेदेखि प्रचार-प्रसार गर्न रोक लगाएको हो। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ। आजदेखि कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गराउन पनि आचारसंहिताले रोक लगाएको छ। आज रातिदेखि कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी पनि गर्न पाइने छैन।
यसैगरी आजसम्ममा मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री पनि हटाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ।
प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment