नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधन
काठमाडाैं। नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ। एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो।
स्वर्गीय गोबर्द्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो।
उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन्। स्वर्गीय गोबर्द्धन शर्मा पोखरेलको पञ्चातले सर्वस्व हरण गरेपछि उनीलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो।
बाबु गोबदर्द्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे। उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भएका थिए। उनी गोबर्द्ध शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिए। उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले परिवारका सदस्यहरूलाई टेलिफोन गरि उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।







डिसी नेपाल








Facebook Comment